Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आफ्नो आन्दोलनलाई काठमाडौँबासीले नसघाए काठमाडौँमा स्याल रुन्छ:दुर्गा प्रसाईं

आफ्नो आन्दोलनलाई काठमाडौँबासीले नसघाए काठमाडौँमा स्याल रुन्छ:दुर्गा प्रसाईं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०८० शनिवार • १६:४७:०१ बजे
  • 1.6K
    SHARES
  • आफ्नो आन्दोलनलाई काठमाडौँबासीले नसघाए काठमाडौँमा स्याल रुन्छ:दुर्गा प्रसाईं

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो गरेका छन् ।

    images

    शनिवार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले युवाहरु विदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे । ‘म जति बाँच्छु तपाईंहरुको हितमा काम गछुं ।

    साथ दिन तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उनले भने । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।

    उनले काठमाडौँ ललितपुर र भक्तपुरबासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गरे । उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन अनुरोध गरे ।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology