Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्दै

स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०८० मंगलवार • १५:२२:५४ बजे
  • 973
    SHARES
  • स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्दै

    राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र उपसभापति छन् ।

    images

    अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको रास्वपाका एक नेताले बताए । उनका अनुसार वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार पेश गरेका छन् ।

    वाग्ले उपसभापति भएको औपचारिक घोषणा भने बुधबार हुनेछ । पार्टी वरियतामा सभापति लामिछानेपछि अर्याल रहनेछन् भने त्यसपछि वाग्ले रहनेछन् । वरियता निर्धारण अल्फावेट अनुुसार राखिने रास्वपा स्रोतको भनाइ छ । वाग्लेलाई उपसभापतिमा मनोनित गर्ने विषयमा छलफल गर्न शीर्ष तहका नेताहरु विच सोमबार साँझ छुट्टै बैठक बसेको थियो । रास्वपाका एक नेताका अनुसार केही दिनअघि रास्वपा प्रवेश गरेका डा. नन्दन यादवलाई केन्द्रीय सदस्य बनाउने तयारी छ ।

    धनुषाका यादव लोहियावादी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए । पार्टीको विधान अनुसार उपसभापतिको कार्यमा सभापतिलाई आवश्यक सहयोग गर्ने, सभापतिले प्रत्यायोजन गरेको कार्य गर्ने, केन्द्रीय समिति र कार्यसम्पादन समितिले तोकेको कार्य गर्ने छ ।

    सभापति अनुपस्थित रहेको बैठक दुई उपसभापति मध्ये जेष्ठ वा सभापतिले तोकेकाले सभापतिको भूमिका निर्वाह गर्ने विधानको व्यवस्था छ । गत चैतमा कांग्रेसबाट रास्वपा प्रवेश गरेका वाग्लेले गत वैशाखको उप चुनावमा तनहुँ–१ बाट जितेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology