Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

थोत्रा बसबाट लक्जरी होटल तयार

थोत्रा बसबाट लक्जरी होटल तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०८० मंगलवार • १५:२७:१० बजे
  • 925
    SHARES
  • थोत्रा बसबाट लक्जरी होटल तयार

    सिंगापुरमा बसमा चढ्न एक सिंगापुर डलर मात्रै तिरे पुग्छ । तर एउटा बसमा निदाउन भने ३९८ सिंगापुर डलर तिर्नुपर्छ । यी बस कलेक्टिभका हुन् । जहाँ थोत्रा भएर चलाउन छाडिएका बसहरुको मर्मत सम्भार गरेर यिनलाई लक्जरी होटलका कोठामा परिणत गरिएका छन् ।

    images

    सार्वजनिक बस सेवा प्रदायक एसबीसी ट्रान्जिटको २० वटा पुराना बसलाई रेनोभेट गरेर होटलका कोठाको रुपमा चलाउन लागिएको हो । यो होटल डिसेम्बर १ देखि औपचारिक रुपमा खुल्दैछ । बुकिङ भने होटलको वेबसाइटमा अहिले नै पनि गर्न पाइन्छ ।

    बस कलेक्टिभ सिंगापुरका छाङ्गी गाउँमा छ । यो होटल करीब ८ हजार ६०० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यो होटलमा सात थरीका कोठाहरु छन् । हरेक श्रेणीका कोठा फरक फरक छन् । तर सबै हरेक कोठा ४५ वर्ग मिटरका छन् । एउटामा ३ देखि ४ अतिथि अटाउन सक्छन् । केही कोठामा बाथटब र किङ्ग साइजको बेड पनि छन् ।

    अधिकांश भित्री हिस्सा निकालिएको भएपनि स्टेरिङ ह्विल, चालकको सिट र झ्यालहरु भने बसकै छन् । पर्यटन, प्रकृति र वातावरणलाई जोगाउने विषयलाई एकै साथ कसरी लैजान सकिन्छ भनेर यो प्रयोग गरिएको बस कलेक्टिभको अवधारणा अगाडि सारिएको यसका संस्थापक सिंगापुरको ट्राभल एजेन्सी डब्लयूटएिस ट्राभल एन्ड टुर्सलले भनेको छ ।

  • सम्बन्धित विषय:

  • # लक्जरी होटल तयार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology