Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रीमान्-श्रीमतीको झगडाले उडिरहेको विमान नयाँ दिल्ली डाइभर्ट गरियो

श्रीमान्-श्रीमतीको झगडाले उडिरहेको विमान नयाँ दिल्ली डाइभर्ट गरियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०८० बुधवार • १२:०३:१४ बजे
  • 3.0K
    SHARES
  • श्रीमान्-श्रीमतीको झगडाले उडिरहेको विमान नयाँ दिल्ली डाइभर्ट  गरियो

    उडानका क्रममा श्रीमान्–श्रीमतीबिच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार नयाँ दिल्ली डाइभर्ट गर्नुपरेको छ ।

    images

    दिल्लीमा अवतरण गरेपछि श्रीमान् श्रीमतीलाई फ्लाइटबाट हटाइएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैंकक जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको उडान दिल्लीमा अवतरण गर्नुपरेको हो । यो विमानको अवतरण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०.३० बजे भएको थियो ।

    विमान अवतरण गरेपछि दुवैलाई तल झरेर टर्मिनल क्षेत्रमा लगियो, जहाँ सीआईएसएफका कर्मचारी, विमानका चालक दलका सदस्य र अन्य कर्मचारीले दुवैसँग कुरा गरेका थिए ।

    समाचार एजेन्सी पीटीआईले श्रीमान् जर्मनी र श्रीमती थाइल्याण्डकी रहेको बताएको छ । उडानकै क्रममा दुवैबिच झगडा सुरु भएपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गरेका थिए ।

    पाइलटहरूले एटीसीलाई 'विमानको स्थिति र अनियन्त्रित यात्रु' बारे जानकारी दिए। एक अधिकारीका अनुसार श्रीमतीले पाइलटलाई आफ्नो पतिको खराब व्यवहारको बारेमा जानकारी गराउँदै उनको हस्तक्षेप माग गरेकी थिइन्। श्रीमानले आफूलाई ‘धम्की’ दिइरहेको उनले बताएकी थिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology