कुवेतका राजा अमिर शेख नवाफको निधन भएको छ । ८६ वर्षीय अमिर शेख नवाफ अल अहमद अल जबर अल सबाहको आज निधन भएको हो ।
कुवेतको रोयल फ्यामिली (अमिरी दिवान)ले राजा अमिर शेख नवाफ अल–अहमद अल–जबर अल–सबाहको निधनप्रति समवेदना व्यक्त गरेको छ । कुवेतका सबै टेलिभिजन च्यानलहरूले नियमित कार्यक्रमहरू स्थगित गरेको छ भने पवित्र कुरानको पाठ प्रसारण गरेको छ ।
अमिर शेख नवाफ २९ सेप्टेम्बर २०२० मा कुवेतका १६ औं राजा बनेका थिए । उनका सौतेनी भाइ शेख सबाह अल अहमद अल–जबर अल–सबाहको ९१ वर्षको उमेरमा अमेरिकामा निधन भएपछि शेख नवाफ कुवेतको राजगद्दीमा बसेका थिए । उनका सौतेनी भाइ ८३ वर्षीय शेख मेशाल अल अहमद अल जाबेरले शासन सम्हाल्ने लाइनमा रहेको विश्वास गरिएको छ, यद्यपि अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन।
प्रतिवेदनमा स्वास्थ्यको विषयमा विस्तृत जानकारी नगरिए पनि शेख नवाफले आफ्नो शासनकालमा कैयौँ पटक स्वास्थ्य परीक्षण र अन्य समस्याको सामना गर्दै आफ्ना डेपुटीलाई सत्ता हस्तान्तरण गरेका छन् । सरकारी सञ्चारमाध्यमले यसअघि उनी स्वास्थ्य परीक्षणका लागि संयुक्त राज्य अमेरिका गएको समाचार प्रकाशित गरेका थिए । तर स्वास्थ्यमा के समस्या थियो भन्ने बारेमा समाचार प्रकाशित गरेका छैनन ।