Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गायक अमित विश्वकर्माको 'मनकी रानी’ सार्वजनिक (भिडियो सहित)

गायक अमित विश्वकर्माको 'मनकी रानी’ सार्वजनिक (भिडियो सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०८० आइतवार • ०४:५८:०९ बजे
  • 3.7K
    SHARES
  • गायक अमित विश्वकर्माको 'मनकी रानी’ सार्वजनिक (भिडियो सहित)

    म्याग्दी । म्याग्दीका लोक गायक तथा संचारकर्मी अमित विश्वकर्माको पन्चेबाजा गीत 'मनकी रानी’ बेनी बजारमा-गुल्मी बजारमा सार्वजनिक भएको छ ।

    images

    गायक अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडियो अमित विश्वकर्मा युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

    राग स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज आशिष अविरलले गर्नुभएको हो । दिप सागर र जुना गुरुङको आकर्षक अभिनय रहेको म्युजिक भिडियोको छायाँकन तथा निर्देशन दुर्गा पौडेलले गर्नुभएको हो ।

    मंगला गाउँपालिका ३ बरंजा, खानीगाउँ घाम्ताङमा छायाँङ्कन गरिएको गीतको म्युजिक भिडियोमा बरंजाको ऐतिहासिक पर्यटकीय स्थल चिनाकोत धुरी (बाइसे, चौविसे राजाको दरबारका भग्नावशेष रहेको ठाउँ) लाई समेत समावेश गरिएको छ ।
    गुल्मी र बेनी बजारका मायालु जोडिको प्रेमका भावहरुलाई गीतमा व्यक्त गरिएको छ । मौलिकता र आफ्नो पनलाई गीतमा प्रस्तुत गरिएको गायक तथा सर्जक विश्वकर्माले बताउनुभयो । चिनाकोटको प्रचार प्रसारमा सहयोग पुगोस भनेर चिनाकोट धुरीमै पुगेर छायाँङ्कन गरिएको गायक विश्वकर्माको भनाई छ ।

    गीतको भिडियोमा गायक तथा मोडल ध्रुव जिसी, गायक रवि कार्की, विजुन केसी, भलिबल प्रशिक्षक तेजेन्द्र वानियाँ, सर्जक कलाधर कँडेल, गोकुल विश्वकर्मा, गायक जीवन कार्की लगायतलाई पनि देख्न सकिन्छ ।

    हाल जापानमा रहनुभएका विकास अनुरागीले यसअघि लेकमा गोवान लोक दोहोरी गीत प्रस्तुत गरिसक्नुभएको छ । झन्डै डेढ दशकको समयमा लोक संगीतका विताउनुभएका गायक तथा संचारकर्मी अमित विश्वकर्माका ठाउँ छ मनै खानी, पुग्नै पर्ने ठाउँ, हेर्छु डाँडैबाट, डाँडापारी मायाको गाउँछ, बैश छदा भएन पैसानी, रोईहिन्छु सधैभरि म लगायतका गीतहरु सार्जनिक भएका छन ।

     भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology