Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धर्मनिरपेक्ष राष्ट्रमा सबै फूल बराबर हुन्, संविधान अस्वीकार गर्ने देशद्रोही नै हुन्ः किराती

धर्मनिरपेक्ष राष्ट्रमा सबै फूल बराबर हुन्, संविधान अस्वीकार गर्ने देशद्रोही नै हुन्ः किराती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०८० बिहिवार • १२:१५:४३ बजे
  • 1.6K
    SHARES
  • धर्मनिरपेक्ष राष्ट्रमा सबै फूल बराबर हुन्, संविधान अस्वीकार गर्ने देशद्रोही नै हुन्ः किराती

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिप्रति आत्मलोचना गर्नपर्ने अवस्था नरहेको बताएका छन् । बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुन् । बुधवार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण किरातीको आलोचना भइरहेको छ ।

    images

    सही सन्दर्भमा बिहीवारको समितिको बैठकमा सांसदहरुले पनि मन्त्री किरातीसँग जिज्ञासा राखेपछि उनले धर्मनिरपेक्षता राष्ट्रमा सबै धर्मसंस्कृतिकहरु एकै फूलबारीमा फुलेको फूल भएको बताए । फूलबारीका कुनैपनि फूल अस्वीकार गर्नेहरु संविधान बिरोधी नै भएको उनको टिप्पणी थियो । उनले सबै धर्मको सम्मान गर्नुपर्ने भन्दै एक धर्मले अर्को धर्मलाई नस्वीकार्नेहरु संविधान बिरोधी भएको र संविधान नमान्नेहरु देशद्रोही भएको दोहोर्याए ।

    उनले आफूले सो कार्यक्रममा सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोशिष कसैले गर्नु नहुने बताएको जानकारी गराए । उनले लोकतन्त्रमा सडकमा लठी घुमाउन पाइने तर अर्काको नाकमा हिर्काउन नपाइने बताए । संविधानलाई मानेर निर्वाचन जितेर आएका सांसदहरुले संविधानसम्मत प्रश्न गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘माफी माग्ने, राजीनामाको कुरा पनि छ यतिबेला मेरो । हिजो म एउटा कार्यक्रममा गएको थिएँ ।

    त्यो कार्यक्रममा मैले बोलेको कुरा के हो भने संविधानको भावनाअनुसार हामी चल्नुपर्छ । हाम्रो सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोशिष कसैले गर्नु हुँदैन, धर्मनिरपेक्ष राष्ट्रमा सबै फूलहरु, धर्मसंस्कृतिकहरु, फूलबारीमा फुलेको फूल जस्तै हुन् । जसले यो फूल अस्वीकार गर्छ, त्यो शब्दमै भन्दा देशद्रोही भनेको छु । संविधान नमान्ने देशद्रोही त हो । राजतन्त्र हुँदा गणतन्त्रको ग हामीले भन्दा मृत्युदण्ड हुन्थ्यो ।

    निरंकुशतामा लोकतन्त्रको ल भन्दा मृत्युदण्ड हुन्थ्यो, भएकै हो । तर लोकतन्त्रमा त्यो हुँदैन, भन्न पाइन्छ । लोकतन्त्रमा सडकमा लठी चाहीँ घुमाउन पाइन्छ, अर्काको नाकमा हिर्काउन पाइँदैन । कसले सडकमा, चिया पसलमा के भन्यो भन्दा पनि यही संविधानमा आधारित, यही संविधानलाई नै मानेर, निर्वाचन नै लडेर जितेर आएको साथीहरुले संविधानलाई नै केन्द्रमा राख्नुपर्छ, यो प्रश्न पनि गैरजिम्मेवारी प्रश्न हो । संविधानसम्मत प्रश्न हो ।

    यो नैतिकताको मात्रै प्रश्न होइन, सिद्धान्तको पनि प्रश्न हो । यस्तो प्रश्न यही संविधान स्वीकारेर आएका मानिसहरुले, चुनाव जितेर आएका मानिसहरुले गर्नु शोभनिय हुँदैन । कि त संविधान मान्दिन भन्नुपर्छ ।’ मन्त्री किरातीले संविधान मानिसकेपछि संविधानको लयमा बस्नुपर्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology