Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

८० प्रतिशत नेपाली ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको अध्ययनको निष्कर्ष

८० प्रतिशत नेपाली ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको अध्ययनको निष्कर्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०८० बिहिवार • १२:२६:०९ बजे
  • 838
    SHARES
  • ८० प्रतिशत नेपाली ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको अध्ययनको निष्कर्ष

    झन्डै ८० प्रतिशत नेपाली ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी सोसल साइन्स बहामार्फत गरेको अध्ययन अनुसार वैदेशिक रोजगारीमा जाने ७९.८ प्रतिशत नेपाली ऋण गरेर नै वैदेशिक रोजगारीमा जाने गरेको पाइएको हो ।

    images

    ऋण लिएका मध्ये लगभग ५० प्रतिशतले ऋण तिर्न बाँकी रहेको देखिएको छ । ८८ प्रतिशतले विदेशबाट कमाएको पैसाबाटै ऋण फिर्ता गरेको पाइएको हो । सन् २०१४ देखि २०२२ सम्ममा २२ हजार १४८ जनामा उक्त अध्ययन गरिएको थियो । वैदेशिक रोजगारीबाट फर्किएका ७२ प्रतिशत श्रमिकले वैदेशिक रोजगारीको क्रममा बचत गर्न सक्षम नभएको पाइएको छ ।

    उनीहरूले गन्तव्य देशहरूमा सामना गरेको विभिन्न प्रकारका समस्याहरूका कारण बचत गर्न नसकेको देखिएको हो । करारपत्रसँग सम्बन्धित मुद्दा, कारावास र बेपत्ता भएका/हराएकासँग सम्बन्धित मुद्दाहरूका कारण उनीहरूले बचत गर्न नसकेको देखाएको हो । त्यस्तै नेपाल फर्किएका आप्रवासी कामदारमध्ये ३७.६ प्रतिशत निर्वाहमुखी कृषिमा संलग्न भएको पाइएको छ । १७६.५ प्रतिशत भने बेरोजगार देखिएका छन् ।

    नेपाल फिर्ता आएपछि आप्रवासी श्रमिकले उच्च लाभ हुने काम पाउन नसकेको, नेपालको श्रम बजारमा उनीहरूको सीप र ज्ञानको मेल नहुने र उचित कामका अवसरहरूको सम्भावित अभावलाई देखाएको अध्ययनको निष्कर्ष छ । ९.२ प्रतिशतले मात्रै वैदेशिक रोजगारीबाट फर्किएपछि आफूले आर्जन गरेको सीप नेपालमा प्रयोग गर्न सकेको देखाएको छ ।

    अध्ययनका लागि अन्तर्वार्ता लिएका वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिकहरूमध्ये ४४ प्रतिशतले आफू पुनः वैदेशिक रोजगारीमा जाने योजना रहेको बताएका थिए ।

    पुनः वैदेशिक रोजगारीमा जाने योजनामा रहेकामध्ये ५४ प्रतिशतले पुनः ऋण लिएर वैदेशिक रोजगारीमा जाने योजना रहेको बताएका थिए । ४६ प्रतिशतले पहिला नै वैदेशिक रोजगारीमा जानका लागि लिएको ऋण तिर्न बाँकी रहेको देखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology