Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घोराही सिमेन्टको बोनस सेयर घोषणा, साधारणसभा आह्वान

घोराही सिमेन्टको बोनस सेयर घोषणा, साधारणसभा आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०८० शुक्रवार • ०५:२३:४७ बजे
  • 637
    SHARES
  • घोराही सिमेन्टको बोनस सेयर घोषणा, साधारणसभा आह्वान

    घोराही सिमेन्ट इन्डस्ट्रीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ ।

    images

    कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी साधारणसभामा बोनस सेयर वितरणको प्रस्ताव लैजाने छ ।

    पुस २८ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीका अनुसार पुस १६ गतेका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) हुनेछ । पुस १५ गतेसम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छन् ।

    साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन समेत हुने कम्पनीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # साधारणसभा आह्वान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology