Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्रीले पुस १० मा राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले पुस १० मा राष्ट्रका नाममा सम्बोधन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०८० शुक्रवार • ११:०३:०० बजे
  • 766
    SHARES
  • प्रधानमन्त्रीले  पुस १० मा राष्ट्रका नाममा सम्बोधन गर्ने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

    images

    जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका हुन् । ‘मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष पुरा हुँदैछ ।

    यो बिचमा मैले सुशासन, सामाजिक न्याय र सम्मृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउन धेरै भूमिका खेलेको छु’, प्रचण्डले भने, ‘यो एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठुलो सम्बोधन गर्दै छु । ’

    उनले त्यो सम्बोधनमा सबै कुरा उल्लेख हुनेछन् भन्दै अर्को वर्ष आफ्नो नेतृत्वको सरकारले नयाँ ढङ्गले काम सुरु गर्ने पनि बताए । ‘मैले जहिले पनि निरन्तरतामा क्रम भङ्ग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु । १० गते मेरो एक वर्ष पुरा हुन्छ ।

    १० गते नै म राष्ट्रका नाममा सम्बोधन गर्ने र ११ गतेबाट नयाँ प्रक्रियाबाट विकास निर्माण र जनताका सेवाका कामहरू अगाडि लाने मैले प्रतिबद्धता व्यक्त गरिसकेको छु’, प्रधानमन्त्रीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # नाममा सम्बोधन गर्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology