Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली-प्रचण्डबीच भेटवार्ता भोलि दिउँसो ४ बजे नेकपा सचिवालय बैठक

ओली-प्रचण्डबीच भेटवार्ता भोलि दिउँसो ४ बजे नेकपा सचिवालय बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७७ शुक्रवार • १३:२९:१९ बजे
  • 979
    SHARES
  • ओली-प्रचण्डबीच भेटवार्ता भोलि दिउँसो ४ बजे नेकपा सचिवालय बैठक

     नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।

    images
    अध्यक्षद्वयबीचको भेटवार्तामा भोलि दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीमा छलफल नगरेर गरिएका राजदूत नियुक्तिलगायतका विषमया प्रचण्डले आपत्ति जनाएका स्रोतको भनाइ छ ।

    मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका विषयमा छलफल चलिरहेका समयमा प्रधानमन्त्री ओलीले बेलायत, दक्षिण अफ्रिका र अमेरिकाका लागि राजदूत सिफारिस गरेपछि विवाद बढेको छ ।

    आजको भेटवार्तामा प्रचण्डले राजदूत सिफारिस गरेर गल्ती गरेको भन्दै ओलीको आलोचना गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology