Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जतिसुकै स्यालहुइयाँ मच्चाए पनि राजतन्त्र फर्किँदैन : ओम शर्मा

जतिसुकै स्यालहुइयाँ मच्चाए पनि राजतन्त्र फर्किँदैन : ओम शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०८० आइतवार • ०५:१३:१९ बजे
  • 826
    SHARES
  • जतिसुकै स्यालहुइयाँ मच्चाए पनि राजतन्त्र फर्किँदैन : ओम शर्मा

    नेकपा (माओवादी केन्द्र)ललितपुर महानगरपालिका–१५ को पाँचौँ वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन मन्तव्य दिँदै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले बाहिर जतिसुकै स्याल हुइयाँ मच्चाए पनि राजतन्त्र नफर्किने बताए । सङ्घीयता नाम मात्रको भयो ।

    images

    जनताको सङ्घीयता, गणतन्त्र आएको छैन । धेरै अधिकार केन्द्रमै निहित छ । १० वर्ष युद्ध लडेर माओवादीले ल्याएको गणतन्त्रमा शिक्षा सुधार गर्न सकेन’, शर्माले भने, ‘हिजो ००७ सालको क्रान्ति, ०२८ सालको झापा विद्रोह, ०६२÷६३ को जनआन्दोलन पाठ्यक्रममा समावेश गर्न सकेनौँ ।

    भावी पीढीले त्यसबारे थाह पाउन सकेनन् । त्यस कारण राजतन्त्र फर्किने बाहिर स्यालहुइँया मच्चाएका छन् । जतिसुकै फुर्तिफार्ति गरे पनि राजतन्त्र फर्किँदैन ।’ समाजमा शोषण, दमन र उत्पीडन भएसम्म समाजवाद रहिरहने जिकिर गर्दै उनले अहिलेको सङ्घीय गणतन्त्र, धर्मनिरपेक्षता निकास नदिने बताए ।

    देशको निकासका लागि माओवादीले पहल गरिरहेको उनले बताए । यस्तै तीन महिने रूपान्तरण अभियानले देशभित्र र प्रवासमा माओवादीलाई फेरि जागरूक बनाएको शर्माले जिकिर गरे । सम्मेलनले नन्दगोपाल महर्जनको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको छ । उपाध्यक्षमा कृष्णकुमार थापा, सचिव अमिर महर्जन, सहसचिवमा जमुना महर्जन, पुरुषोत्तम कार्की रहेका छन् । यो प्रधानमन्त्री प्रचण्डको समेत वडा रहेको छ ।

    यस्तै नवराज राउत, प्रियकुमार नेम्बाङ, बिन्दु खड्का, जमुनादेवि गौतम, राकेश महर्जन, रवीन्द्र महर्जन, रेणुका रायमाझी, अम्बिका दर्जी, लक्ष्मी विष्ट, माधव पौडेल, पवित्रा नेपाल, शशि थापा लगायत समितिमा छन् । नवनिर्वाचित समितिलाई केन्द्रीय सदस्य उषा देवकोटा, जिल्ला समन्वय समितिका अध्यक्ष शिव कट्टेल लगायत नेताहरूले नवनिर्वाचित सदस्यहरूलाई बधाई दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # ओम शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology