Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फोक्सोलाई कोरोना भाइरसले ढुङ्गाजस्तै बनाउँछ : विज्ञ

फोक्सोलाई कोरोना भाइरसले ढुङ्गाजस्तै बनाउँछ : विज्ञ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७७ शुक्रवार • १३:३१:५० बजे
  • 2.3K
    SHARES
  • फोक्सोलाई कोरोना भाइरसले ढुङ्गाजस्तै बनाउँछ : विज्ञ

    एजेन्सी । कोरोना भाइरस (काभिड–१९) ले अहिले विश्वलाई आक्रान्त बनाएको छ । विश्वभरका देशहरूले यसमा अनुसन्धान गरिरहेका छन् र धेरै देशहरू खोपमा काम पनि गरिरहेका छन् । विभिन्न देशमा यससँग सम्बन्धित धेरै अनुसन्धान भइरहेका छन् ।

    images
    यसैबीच भारतको अहमदाबादको सिम्स अस्पतालका डाक्टरले कोरोना भाइरसले फोक्सोलाई कसरी ढुङ्गा बनाउछ भन्ने विषयामा खुलासा गरेका छन् । लामो समयदेखि अहमदाबादको सिम्स अस्पतालमा कोरोना बिरामीहरूको उपचार गर्न काम गरिरहेका डा. अमित पटेलकाअनुसार कोरोनाले फोक्सोलाई सबैभन्दा बढी असर गर्छ । जब संक्रमण बढ्छ, नरम रहने फोक्सो पत्थरहरू जस्तै बलियो हुन्छ ।
    डाक्टर पटेलकाअनुसार फाइब्रोसिस क्षयरोग र निमोनियामा पनि हुन्छ । तर, यो फोक्सोको माथिल्लो र तल्लो भागमा मात्र हुन्छ । कोरोनामा भने यसको गहन प्रभाव देखिन्छ । फाइब्रोसिस सम्पूर्ण फोक्सोमा देखा पर्दछ, जसले फोक्सोलाई हानी गर्दछ ।

    सिम्स अस्पतालका डा. सुरभीकाअनुसार रोग प्रतिरोधात्मक क्षमता सक्रिय हुँदा पहिलो असर फोक्सोमा हुन्छ । भाइरसको नराम्रो प्रभावहरू र टिस्यु रिपेयरसम्बन्धी प्रतिक्रियाका कारण, फोक्सोमा भएको तरल पदार्थ ट्युबमा भरिन्छ, जुन पछि स्थिर हुन्छ । यसले फोक्सोलाई बिस्तारै कठोर बनाउँछ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology