Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालबाट ल्हासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती

नेपालबाट ल्हासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०८० बिहिवार • ०५:११:२६ बजे
  • 739
    SHARES
  • नेपालबाट ल्हासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती

    काठमाडौं-ल्हासा सिधा हवाई उडान सुरु भएको छ ।

    images

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहीबार हिमालयन एयरलाइन्सको काठमाडौं-ल्हासा सीधा हवाई उडानको उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल-चीन सम्बन्धमा काठमाडौं-ल्हासा सिधा हवाई उडान दोस्रो सेतुकोरुपमा स्थापित भएको बताए ।

    ‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ ।

    अब दोस्रो प्रमुख सेतु हुनेछ- नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान,’ मन्त्री किराँतीले भने । यो उडानले चिनियाँ पर्यटक नेपाल भित्राउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    तिब्बतको ल्हासामा प्रतिवर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने र तीमध्ये ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने भन्दै मन्त्री किराँतीले त्यसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्राउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # ल्हासाको सिधा उडान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology