प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता ५ हजार पु-याउने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिक भत्ता ५ हजार पु-याउने प्रतिबद्धता जनाउनुभएको हो ।
उहाँले तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पु¥याइएको बताउँदै आफूले निर्वाचनअघि नै घोषणा गरेको र आफ्नै कार्यकालमा पाँच हजार पु-याउने बताउनुभयो ।


