Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डिभाइडर भत्काउँदै भाग्दै आन्दोलनकारी

डिभाइडर भत्काउँदै भाग्दै आन्दोलनकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०८० शुक्रवार • ०८:०७:३८ बजे
  • 661
    SHARES
  • डिभाइडर भत्काउँदै भाग्दै आन्दोलनकारी

    राजधानीको ग्वार्को र बालकुमारी क्षेत्रमा आन्दोलन गरेका प्रदर्शनकारी अराजक बनेपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले अश्रुग्याँस प्रहार गर्दै उनीहरूलाई लखेटिरहेको छ भने आन्दोलनकारी पनि सडकमा अराजकता मच्चाउँदै भागिरहेका छन् ।

    images

    प्रहरीले आन्दोलनकारीलाई लखेट्दै ग्वार्कोबाट ललितपुरको एकान्तकुना ल्याएको छ । ‘प्रहरीले आन्दोलनकारीलाई लखेटिरहेको छ । आन्दोलनकारी सडकमा अराजकता मच्चाउँदै डिभाइडल भत्काउनेदेखि ढुंगा फ्याक्नेसम्मका गतिविधि गर्दै भागिरहेका छन् । यो भागदौडले अवस्था तनावग्रस्त छ’, प्रदर्शनस्थलमा रहेका रातोपाटीकर्मी सुवास श्रेष्ठले भने ।

    रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरूले यसअघि बालकुमारीस्थित सडकमा मन्त्रीको गाडीमा आगो लगाएका थिए ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीले आगो लगाएका हुन् । प्रदर्शनका क्रममा भएको झडपमा केही घाइते समेत भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # डिभाइडर भत्काउँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology