पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले १९ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
चिकित्सा शिक्षा सुधारको मागसहित १९ औं पटकको सत्याग्रहमा रहेका डा. केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।
पूर्व राष्ट्रपति यादवले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै उनको उपचारमा खटिएका चिकित्सकहरुसगँ समेत जानकारी लिएका थिए ।
यो जानकारी लिईसके पछि पूर्व राष्ट्रपति यादवले अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गंभीर बनेकोमा चिन्ता व्यक्त गरेका थिए ।
डा. केसीले १९ औं पटक सत्याग्रह थालेको १९ दिन पुगेको छ ।