Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुलेमानीको चिहान नजिक विस्फोट : मृतकको सङ्ख्या एक सय नाघ्यो

सुलेमानीको चिहान नजिक विस्फोट : मृतकको सङ्ख्या एक सय नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०८० बिहिवार • ०५:५०:५० बजे
  • 835
    SHARES
  • सुलेमानीको चिहान नजिक विस्फोट : मृतकको सङ्ख्या एक सय नाघ्यो

    इरानमा लगातार २ वटा बम विस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ । सन् २०२० को जनवरी ३ मा बग्दानमा ड्रोन आक्रमणमा मारिएका सैनिक जनरल कासिम सुलेमानीको सम्झनामा आयोजना गरिएको कार्यक्रमलाई लक्षित गरेर विस्फोट भएको थियो । कार्यक्रम सुलेमानीको कब्रस्तान (चिहान) नजिक भएको हो ।

    images

    घटनामा २ सय भन्दा बढी घाइते भएका छन् । यद्यपी विस्फोटको कारणबारे भने केही खुल्न सकेको छैन । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

    शीर्ष इरानी जनरल कासिम सुलेमानी बगदाद एयरपोर्टमा अमेरिकी हवाई आक्रमणमा मारिएका थिए । उनैको सम्झनामा बुधबार एक कार्यक्रमको आयोजना गरिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार पहिलो विस्फोट साहेब अल जमान मस्जिद नजिकै भएको थियो । त्यसको केही समयपछि दोस्रो विस्फोट पनि भयो ।

    विस्फोटको आवाज केही किलोमिटर टाढासम्म सुनिएको थियो । घटनास्थलमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो । केही बेरमै उक्त क्षेत्र मृतक र घाइतेहरूले ढाकेको थियो ।

     

  • सम्बन्धित विषय:

  • # चिहान नजिक विस्फोट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology