Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु भयो : प्रधानमन्त्री

भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु भयो : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०८० बिहिवार • ११:१२:५३ बजे
  • 1.4K
    SHARES
  • भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु भयो : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु बताएका छन् । बिहीबार नेपाल र भारतीबीचको सचिवस्तरीय बैठकमा औपचारिक रुपमा व्यापारसम्बन्धी सम्झौतामा अन्तिम हस्ताक्षर भएको थियो ।

    images

    बिहीबार रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ स्थित पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका क्रममा भएको समझदारीले मूर्तरुप लिएको बताए । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा दुई पक्षीय सम्झौता भएसँगै भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु भएको उनको भनाइ छ । सम्झौताअनुसार नेपालले भारतलाई १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्नेछ ।

    प्रधानमन्त्रीले गत जेठमा गरेको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो । हैदरावाद हाउसमा प्रचण्डसँगको भेटपछि भारतीय समकक्षी नरेन्द्र मोदीले दीर्घकालीन रुपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशकाबीचमा सहमति भएको बताएका थिए । सोहीअनुसार भारतको सङ्घीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ ।

    सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा विद्युत् खरिद बिक्री सम्झौता गरी बिजुली लिनेछन् । नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् । सरकारले आगामी १२ वर्षमा कूल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ ।

    त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ । उक्त सहमतिपछि नेपालको ऊर्जा क्षेत्रको विकासको ढोका खुल्ने भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको छ । सरकारले निजी क्षेत्रलाई समेत साथमा लिएर ऊर्जा क्षेत्रको विकासमा गुणात्मक परिवर्तन गर्ने लक्ष्य राखेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology