Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०८० शनिवार • ०६:२७:२९ बजे
  • 808
    SHARES
  • गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो

    इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images

    मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन्।

    गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजाविरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ भने, ५७ हजार ९१० जना घइते भएका छन् ।

    यसैबीच इजरायली सेनाले शुक्रबार “मानवीय कारणका लागि” भन्दै गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # २२ हजार ६०० पुग्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology