Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बढ्यो विदेशी मुद्रा:१४ महिनाको आयात धान्ने

बढ्यो विदेशी मुद्रा:१४ महिनाको आयात धान्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०८० शुक्रवार • ०४:५८:२१ बजे
  • 2.7K
    SHARES
  • बढ्यो विदेशी मुद्रा:१४ महिनाको आयात धान्ने

    नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनासम्म आइपुग्दा विदेशी मुद्राको सञ्चितिमा ह्वात्तै वृद्धि आएको छ । आज सार्वजनिक भएको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार पाँच महिनामा १४.८ प्रतिशतले विदेशी मुद्राको सञ्चिति बढेको हो ।

    images

    २०८० असार मसान्तमा केन्द्रीय बैंकको भण्डारमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब रुपैयाँ रहेको थियो । जसमा १४ प्रतिशतभन्दा धेरैको वृद्धिसँगै मंसिरसम्मको अवधिमा १७ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चित भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १३.६ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा ११ अर्ब ७१ करोड डलर बराबरको सञ्चिति रहेमा मंसिर सम्ममा बढेर १३ अर्ब ३१ करोड डलर पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड थियो । जुन, मङ्सिर मसान्तमा १५.६ प्रतिशतले बढेर १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० मङ्सिर मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ ।

    २०८० मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ ।

    २०८० मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायक सँगका अनुपातहरू क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology