Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुकी धर्मपत्नी गङ्गाको निधन

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुकी धर्मपत्नी गङ्गाको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०८० शुक्रवार • ०५:०५:०४ बजे
  • 1.1K
    SHARES
  • युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बुकी धर्मपत्नी गङ्गाको निधन

    मातृ वियोगको केही महिना पछि नै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ ।

    images

    मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको घरैमा निधन भएको हो ।

    शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए । लिम्बुको १ छोरी र १ छोरा रहेका छन् ।

    मन्त्री लिम्बुकी सासुआमाको गत बर्ष निधन भएको थियो । केही महिना अघि आफ्नी आमाको समेत निधन भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology