Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गरिने

‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०८० शुक्रवार • ०७:४८:१९ बजे
  • 445
    SHARES
  • ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गरिने

    सरकारले ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश निकायस्तर कृषि पदाधिकारी र सरोकारवालासँग छलफल गरी ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी गर्ने भएको हो ।

    images

    २४ पुस मंगलबार ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा र कृषि क्षेत्रमा लगानी दशकको घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरूसँग छलफल गरेको थियो ।

    मुलुकभर अमिलो जातको फलफूल ४८ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । सो क्षेत्रफलबाट साढे दुई लाख मेट्रिक टन बराबरअमिलो जातको फलफूल उत्पादन हुन्छ ।

    सुन्तलालाई पनि अमिलो जात अन्तर्गत नै राखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology