Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुसी सेनामा भएकाहरू सरकारले अनुमति दिएर गएका होइनन् : परराष्ट्रमन्त्री साउद

रुसी सेनामा भएकाहरू सरकारले अनुमति दिएर गएका होइनन् : परराष्ट्रमन्त्री साउद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०८० शुक्रवार • ०७:५९:५६ बजे
  • 1.3K
    SHARES
  • रुसी सेनामा भएकाहरू सरकारले अनुमति दिएर गएका होइनन् : परराष्ट्रमन्त्री साउद

    परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पार्नुभएको छ । उहाँले विद्यार्थी भिसा र भिजिट भिसा लगायतमा रुस पुगेकाहरूले त्यहाँको सेनामा भर्ती भएको र जोखिममा परेको बताउनुभयो । शुक्रबार डडेलधुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीले भन्नुभयो, ‘रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ । अरू धेरै जना जोखिममा पर्नुभएको छ । तर यो समस्या नेपाल सरकारको कारणले आएको होइन ।

    images

    जो त्यहाँ गएको छ, रुसी सेनामा काम गरिरहेको छ, उनीहरू विद्यार्थी भिसामा, भिजिट भिसामा त्यहाँ पुगेका हुन् । भिसा प्रयोजनलाई तोडेर उहाँहरू त्यहाँको सेनामा भर्ना हुनुभएको छ ।’ परराष्ट्रमन्त्री साउदले अफ्ठयारोमा परेका आफ्नो नागरिकको उद्धार गर्न सरकार जुनसुकै बेला पनि तयार रहेको बताउनुभयो । ‘आठ वटा शवहरू अहिले त्यहाँको शवगृहमा राखिएको कुरा मसँग आएको छ । हामीले ती शव नेपाल ल्याउनका लागि कुटनीतिक पहल गरिरहेका छाँै,उहाँले भन्नुभयो, ‘त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्यह त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।’

    उहाँले देश छोड्ने बेला जो कसैले पनि एकपटक सोच्नुपर्ने बताउनुभयो । ‘देश छोड्दा जो कसैले पनि एकपटक सोच्नुपर्छ । कहाँ जाँदैछु ? कस्तो देशमा जाँदैछु ? कुन कानूनीरुपमा ठीक छ, कुन ठीक छैन ? त्यो कुरामा सबैले ध्यान पु¥याउनु आवश्यक छ,’ उहाँले भन्नुभयो । परराष्ट्रमन्त्री साउदले वर्तमान सरकारले परराष्ट्र सम्बन्धलाई सुधार गरेर सही ट्रयाकमा ल्याउन सफल भएको दाबी गर्नुभएको छ । ‘प्रधानमन्त्रीले छिमेकी दुई देशहरूको भ्रमण गर्नुभयो ।

    वास्तवमा यी भ्रमणहरू विगतका भन्दा ऐतिहासिक छन्, निर्विवाद र गुणात्मक छन्,’ उहाँले भन्नुभयो, ‘त्यसकारण यो सरकारले परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउने र ट्रयाकमा ल्याउने काम गरेको छ ।’ उहाँले छिमेकी देश भारतसँग हालैमात्र १० हजार मेगावाट विजुली उत्पादन र निकासीका विषयमा व्यापार सम्झौता गरेको बताउनुभयो । मन्त्री साउदले इजरायलमा युद्धमा परेर हमासको नियन्त्रणमा पर्नुभएका विपीन जोशीको उद्धारका लागि समेत सरकारले पहल गरिरहेको बताउनुभयो । ‘विपीन जोशीसमेत १३२ जना अहिले पनि हमासको नियन्त्रणमा छन् ।

    उनीहरू विभिन्न देशका छन् । हामीले उनको रिहाईका लागि इमान्दार प्रयास गरिरहेका छौँ । युद्धबन्दीकोरुपमा विपीन जोशीको जीवन सुरक्षित छ । हामीले निरन्तर प्रयास गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology