Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सांसदलाई सामान चोरी गरेको आरोप लागेपछि .....

सांसदलाई सामान चोरी गरेको आरोप लागेपछि .....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०८० बुधवार • ०५:०३:०८ बजे
  • 2.1K
    SHARES
  • सांसदलाई सामान चोरी गरेको आरोप लागेपछि .....

    न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजीनामा दिएकी छिन् । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि राजीनामा दिएकी हुन् । प्रहरीले उक्त घटनाको छानबिन भइरहेको जनाएको छ । सांसद गाहरमनमाथि दुई कपडा पसलमा तीन पटक सामान चोरी गरेको आरोप लागेको थियो ।

    images

    यी मध्ये एउटा पसल अकल्याण्डमा र अर्को वेलिंगटनमा अवस्थित छन् । मंगलबार सिसिटिभी फुटेज सार्वजनिक भएपछि उनको राजीनामा आएको हो ।

    सिसिटिभी फुटेजमा,उनले अकल्याण्ड बुटीकबाट डिजाइनर ह्यान्डब्याग लिएको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघका पूर्व मानवअधिकार अधिवक्ता समेत रहेकी गाहरमनले सन् २०१७ को संसदीय निर्वाचन जितेर इतिहास रचेकी थिइन् । उनी न्युजिल्याण्डको संसदमा निर्वाचित पहिलो शरणार्थी थिइन् ।

    उनले एकपटक आफ्नो पार्टीको न्याय विभाग पनि सम्हालिसकेकी छिन् । गाहरमन बाल्यकालमा परिवारसहित इरानबाट त्यहाँ पुगेकी हुन् । उनको परिवारलाई न्यूजिल्याण्डमा राजनीतिक शरण दिइएको थियो ।

    हालै गाहरमन प्यालेस्टाइन समर्थक आन्दोलनमा सहभागी भएकी थिइन् । ग्रीन पार्टीको विदेश मामिला र मानव अधिकार प्रवक्ताको रूपमा, उनले गाजामा हमास विरुद्धको युद्धमा इजरायलको सैन्य कारबाहीको पनि निन्दा गर्दै आएकी थिइन् । यसका लागि उनले चर्को आलोचना पनि बेहोर्नुपरेको थियो ।

  • सम्बन्धित विषय:

  • # सामान चोरीको आरोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology