Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बुटवलमा प्रदर्शन

भालुवाङ राजधानी बनाउने निर्णयविरुद्ध बुटवलमा प्रदर्शन

भालुवाङ राजधानी बनाउने निर्णयविरुद्ध बुटवलमा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७७ शुक्रवार • २२:३१:३२ बजे
  • 1.5K
    SHARES
  • भालुवाङ राजधानी बनाउने निर्णयविरुद्ध बुटवलमा प्रदर्शन
    प्रदेश ५ सरकारले दाङको भालुवाङमा प्रदेश राजधानी बनाउने निर्णय गरेपछि रुपन्देहीका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । प्रदेश सभामा शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार नाम र राजधानीको प्रस्ताव पेश गरेका थिए ।
    सरकारले राजधानी भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो । सरकारको निर्णयसँगै स्थानीयले विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।
    आन्दोलनकारीले ३ वटा सरकारी गाडी तोडफोड गरेका छन् । प्रदेश सभाका विभिन्न समितिका सभापतिहरूले प्रयोग गर्ने गाडी तोडफोड भएको प्रहरीले जनाएको छ । रुपन्देहीका विभिन्न स्थानीय तह, पाल्पा र गुल्मीका विभिन्न ठाउँमा पनि सरकारविरुद्ध प्रदर्शन भएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology