Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एलिना चौहानको आफ्नै जीवनसँग मेल खाने त्यो गीत:धोकेबाज हौ तिमी

एलिना चौहानको आफ्नै जीवनसँग मेल खाने त्यो गीत:धोकेबाज हौ तिमी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०८० सोमवार • १२:१९:५७ बजे
  • 3.0K
    SHARES
  • एलिना चौहानको आफ्नै जीवनसँग मेल खाने त्यो गीत:धोकेबाज हौ तिमी

    जुनीभरिलाई रुवाई गयौ तिमी
    अझै पनि यो मनमा छौ तिमी
    धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी

    images


    गायिका एलिना चौहानको चर्चित गीतको एक अंश हो यो । यही गीतले उनलाई सांगीतिक क्षेत्रमा नयाँ पहिचान दिलायो । अहिले पनि यो गीत एलिना सहभागी हुने मेला महोत्सवमा दर्शकको रोजाइमा पर्ने गर्छ । जुन गीतलाई लिएर विगतमा उनले प्रशस्तै चर्चा बटुलेकी थिइन् । 


    सांगीतिक कार्यक्रममा उनले यो गीत गाइरहँदा कयौँ युवायुवती छाती पिटीपिटी उनको स्वरमा स्वर मिलाउँदै रुन्थे । जुन भिडियोहरू भाइरल समेत भएका थिए । 


    तर चर्चाको त्यो शिखरमा रहँदा एलिनाले कुनै दिन यो गीत आफ्नै जीवनसँग मेल खान्छ भनेर सायद कल्पनै पनि गरेकी थिइन् । अहिले यो गीतका हरफ उनको जीवनसँग मेल खाइरहेको छ ।


    गायिका एलिना चौहान भन्छिन्–अहिले त मेरो नामै धोकेबाज रे !
    गायिका एलिना चौहान भन्छिन्–अहिले त मेरो नामै धोकेबाज रे !


    प्रसङ्ग उनको प्रेमी विष्णु सापकोटासँगको ब्रेकअपको हो । एक वर्षदेखिको विष्णुसँगको उनको प्रेम अहिले ब्रेकअपमा परिणत भएको छ ।


    एलिनाको विष्णुसँग भेट अघिल्लो वर्षको तिज कार्यक्रममा अस्ट्रेलिया जाँदा भएको थियो । लोकदोहोरी प्रतिष्ठान अस्ट्रेलिया शाखाका अध्यक्ष समेत रहेका उनी केही अगाडिदेखि त्यहाँ बस्दै आएका थिए । भेट बाक्लिँदै जाँदा उनीहरुबीच प्रेम बसेको थियो ।

    प्रेमको चर्चा मिडियासम्म पुगेपछि उनीहरू दुवैले प्रेम स्वीकार गर्दै सामाजिक सञ्जालमा विभिन्न भिडियो पोस्ट गरेका थिए । प्रेममा परेपछि विष्णुले नेपाल आएर एलिनासँग एउटा युगल गीत रेकर्ड गराएका थिए भने परिवारसँग समेत भेटेका थिए ।

    उनीहरुबीच गत मंसिरमा विवाह हुने कुरो पनि भएको थियो । मंसिर अगाडि साथीभाइसँगको भेटमा एलिनाले मंसिरमा विवाह गर्ने समेत बताउँदै आएकी थिइन् । तर त्यो कुरो त्यसै सेलायो । अहिले भने उनको विष्णुसँगको प्रेममा ब्रेकअप भएको छ । बिष्णुसँगको ब्रेकअप उनी आफैले स्वीकार गरिसकेकी छन् । उनी अहिले भन्छिन्–त्यो प्रेम सम्झन चाहन्नँ ।

  • सम्बन्धित विषय:

  • # धोकेबाज हौ तिमी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology