Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गायिका मेनुका पौडेलले अब आँखा देख्ने

गायिका मेनुका पौडेलले अब आँखा देख्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०८० बिहिवार • ०४:५७:१४ बजे
  • 952
    SHARES
  • गायिका मेनुका पौडेलले अब आँखा देख्ने

    गायिका मेनुका पौडेलले अब आँखा देख्ने भएकी छन् । जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लागिएको इण्डियन आइडलको आइतबारको एपिसोडमा जानकारी दिइयो ।

    images

    इण्डियन आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सकलाई आँखाको चेकअप गराएको छ । सो क्रममा चिकित्सकले उनको आँखाको अवस्था हेरेका अप्टिक नर्भले काम नगरेको र त्यही कारण उनले देख्न सक्ने सम्भावना नरहेको बताएका थिए ।

    चेकअपमा चिकित्सकले उनले पूर्णरुपमा दृष्टि पाउन नसके पनि विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने बताएका छन् । कार्यक्रममा चिकित्सकको एक भिडियो समेत देखाइएको थियो । भिडियोमा चिकित्सकले उनी एक्लै हिँड्न, अनुहार पहिचान गर्न, आफ्नो अगाडि को उभिएको छ भनेर थाहा पाउन र पढ्न पनि एकदमै सजिलोसँग सक्ने बताएका छन् ।

    डाक्टरको भिडियाले कार्यक्रममा निर्णायक र प्रतियोगीमा समेत खुसी छाएको थियो । निर्णायक मध्यकी एक श्रेया घोषालले मेनुकाले त्यो उपकरण कहिले लगाउलिन् र सुन्दर बिहानी देख्लिन् भन्ने आफूले कुरिरहेको बताएकी थिइन् ।

    मेनुका इण्डियन आइडलको उत्कृष्ट १० मा पुगिसकेकी छन् । सुरुको समय देखिनै प्रतियोगितामा निर्णायक अतिथिको मन जित्दै अगाडि बढिरहेकी उनलाई उपाधि दाबेदार समेत मानिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology