Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

६ महिनामा २११ उद्योग दर्ता, १ खर्ब ३६ अर्ब लगानी

६ महिनामा २११ उद्योग दर्ता, १ खर्ब ३६ अर्ब लगानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०८० बिहिवार • ०५:११:४१ बजे
  • 2.9K
    SHARES
  • ६ महिनामा २११ उद्योग दर्ता, १ खर्ब ३६ अर्ब लगानी

    चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनाको अवधिमा २११ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

    images

    यस्ता उद्योगमा कुल १ खर्ब २६ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता जनाइएको छ । उद्योग विभागका अनुसार पुस मसान्तसम्म २८ वटा ठूला उद्योग, १६ वटा मझौला उद्योग र १६७ वटा साना उद्योग दर्ता भएका छन् । सरकारले चालु आवमा सरकारले कुल ३६५ वटा नयाँ उद्योग दर्ता हुने अनुमान गरेको थियो ।

    चालु आवको पहिलो ६ महिनामा उद्योग दर्ताको संख्या गत आवको यसै महिनाको तुलनामा वृद्धि भए पनि लगानी प्रतिवद्धतामा भने कमी आएको छ । विभागको तथ्यांक अनुसार गत आव २०७९/८० को पहिलो ६ महिनामा १४५ उद्योग दर्ता भएका थिए । जसको कुल प्रस्तावित लगानी १ खर्ब ३९ अर्ब रुपैयाँ रहेको थियो ।

    आव २०७८/७९ को पहिलो ६ महिनामा १५५ उद्योग दर्ता भएका थिए । जसको लगानी प्रतिवद्धता १ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो । यस वर्ष पुसमा मात्र कुल ३२ उद्योग दर्ता भएका छन् । यसमा १२ अर्ब ३१ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

    यस वर्ष दर्ता भएका उद्योगले कुल १३ हजार ६७० रोजगारी सिर्जनाको लक्ष्य राखेका छन् । पुसमा मात्र दर्ता भएका उद्योगले २ हजार १८१ रोजगारी सिर्जनाको लक्ष्य राखेको तथ्यांक छ । यस वर्षको पहिलो ६ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई)भने २२ अर्ब ३३ करोड रुपैयाँ बराबरको स्वीकृति भएको छ ।

    यो वर्ष कुल ३८ अर्ब विदेशी लगानी भित्राउने सरकारको योजना छ । पुसमा मात्र १.७३ अर्ब रुपैयाँको एफडीआईको प्रतिवद्धता आएको छ । ६ महिनामा विदेशी लगानीका २२६ वटा उद्योग दर्ता भएका छन् । पुस महिनामा मात्र २७ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । यी उद्योगले १२ हजार १६७ जनालँई रोजगारी दिने प्रतिवद्धता जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # १ खर्ब ३६ अर्ब लगानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology