Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसारकै खर्बपति परिवार :६५ अर्बको घर, ८ वटा प्राइभेट जेट, सयौं कार

संसारकै खर्बपति परिवार :६५ अर्बको घर, ८ वटा प्राइभेट जेट, सयौं कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०८० शनिवार • ०६:५०:४८ बजे
  • 2.8K
    SHARES
  • संसारकै खर्बपति परिवार :६५ अर्बको घर, ८ वटा प्राइभेट जेट, सयौं कार

    आफ्नो परिवारलाई नै संसारको सबैभन्दा सुखी, खुसी तथा धनी परिवार बनाउने चाहना कसको पो नहोला र ? तर कल्पना र चाहनाको विषय न हो, सबै यथार्थमा परिणत हुनसक्ने कुरा भएन । त्यसोभए दुनियाँको सबैभन्दा धनी परिवार कसको होला त ? यो जान्ने उत्सुकता अवश्य पनि छ होला । हो, दुनियाँमा एउटा यस्तो शाही परिवार छ जो ६५ अर्ब रुपैयाँ मूल्य पर्ने घरमा बस्छ । त्यो परिवारका प्राइभेट जेट त आठवटा छन् भने कारको त गणनै छैन ।

    images

    यो परिवारको कुल सम्पत्ति तीन खर्ब पाँच अर्ब डलर छ । दुनियाँकै धनी यस्तो डलर खर्बपति परिवार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानको हो । World’s Richest Families 2023 को सूचीमा शेख मोहम्मद बिन जायदको परिवार शीर्ष स्थानमा रहेको छ । उनी अबुधाबीका १७औं शासक हुन् । ब्लुम्बर्गका अनुसार यो शाही परिवारसँग तीन खर्ब पाँच अर्ब डलरको सम्पत्ति छ ।

    एमबीजीको नामले पनि चिनिने मोहम्मद बिन जायदसँग विश्वको करिब ६ प्रतिशत तेल भण्डारको स्वामित्व रहेको द न्युयोर्करमा उल्लेख छ । यो परिवारले विश्वका विभिन्न प्रसिद्ध व्यवसायहरुमा लगानी गरेको छ । उनी इंगलिस फुटबल क्लब म्यानचेष्टर सिटीका मालिक हुन् भने विभिन्न अटोमोबाइल कम्पनीहरुमा पनि उनको हिस्सेदारी छ ।

    न्युज वेबसाइट जिक्यूका अनुसार यो परिवारसँग सुनबाट बनेको कसर अल वतन नामक राष्ट्रपति महल छ । यो यूएईमा रहेका ठूला महलमध्ये एक हो । ९४ एक्कड क्षेत्रफलमा फैलिएको छ यो महल । एमबीजी सो परिवारका मुख्य व्यक्ति हुन् । उनका १८ भाइ तथा ११ बहिनी छन् । साथै उनका ९ जना छोराछोरी र १८ जना नातिनातिनी छन् । यी शासकका कान्छा भाइसँग ७०० वटा कार छन् । यो परिवारसँग यूएईका अतिरिक्त पेरिस र लण्डनमा पनि सम्पत्ति छ ।

    न्युयोर्करले सन् २०१५ मा एक रिपोर्टमा उल्लेख गरे अनुसार यो परिवार बेलायती शाही परिवारभन्दा पनि धेरै धनी छ । एमबीजीको अबुधाबी युनाइटेड ग्रुपले सन् २००८ मा बेलायती फुटबल क्लब म्याचनेष्टर सिटी ३५ अर्ब रुपैयाँ बराबरको मूल्यमा खरिद गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology