Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१०३ वर्षीय वृद्धले गरे तेस्रो बिहे गरे पछि.........

१०३ वर्षीय वृद्धले गरे तेस्रो बिहे गरे पछि.........

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०८० बिहिवार • ०५:१४:११ बजे
  • 1.5K
    SHARES
  • १०३ वर्षीय वृद्धले गरे तेस्रो बिहे गरे पछि.........

    भारतमा १०३ वर्षका एक जना वृद्धले बिहे गरेको समाचार यतिबेला भाइरल बनेको छ ।

    images

    एक्लोपन भगाउन भन्दै भोपालका ती वयोवृद्धले ४९ वर्षकी महिलासँग तेस्रो बिहे गरेका हुन् । हबीब नजर उर्फ मंझले मियांलाई आजतकले मध्य प्रदेशको सबैभन्दा पाको बेहुला भनेको छ ।

    स्वतन्त्रता सेनानी हबीबले आफू एक्लो भएको भन्दै एक्लोपन भगाउन आफूभन्दा आधाभन्दा कम उमेरकी बेहुली भित्र्याए । सामाजिक सञ्जालमा यतिबेला यो बिहेबारे निकै चर्चा चलिरहेको छ । यो बिहे सन् २०२३ मा भएको हो । तर अहिले आएर भिडियो भाइरल भइरहेको छ ।

    बेहुला र बेहुलीको उमेर र उमेर अन्तरका कारण पनि बिहेबारे चर्चा चुलिएको हो । बेहुली फिरोज जहाँको उमेर ४९ वर्ष रहेको छ । आइतबार बिहेको भिडियो सामाजिक सञ्जालमा शेयर गरिएको थियो । भिडियो शेयर हुने बित्तिकै भाइरल भयो । हबीब नजरको यो तेस्रो बिहे हो । भिडियोमा हबीब बिहे गरेर बेहुलीसँग घर फर्किरहेका छन् ।

    मान्छेहरुले उनलाई बधाई दिइरहेका छन् । हबीब मुसुक्क मुस्कुराउँदै सबैलाई धन्यवाद भनिरहेका छन् । हबिबको पहिलो पत्नीको तर्फबाट सन्तान थिएनन् । त्यसपछि उनले अर्को बिहे गरे । तर दोस्रो पत्नीबाट पनि उनले सन्तान सुख पाएनन् । दोस्रो श्रीमतीको २ वर्षअघि मृत्यु भएपछि उनी एक्लो भएका थिए ।

    सुरुमा फिरोजले वयोवृद्धसँग बिहे गर्नका लागि अस्वीकार गरेकी थिइन । श्रीमानको मृत्युपछि फिरोज एकल जीवन बिताउँदै थिइन् । आफू पनि एक्लो अनि हबीब पनि एक्लो भन्दै पछि बिहेको लागि स्वीकृति दिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology