Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुसे ज्वरोबाट श्रीलंकामा ७० जनाको मृत्यु, छ हजार बढी संक्रमित

मुसे ज्वरोबाट श्रीलंकामा ७० जनाको मृत्यु, छ हजार बढी संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७७ शुक्रवार • २२:४६:३६ बजे
  • 1.3K
    SHARES
  • मुसे ज्वरोबाट श्रीलंकामा  ७० जनाको मृत्यु, छ हजार बढी संक्रमित
    कोलम्बो । श्रीलंकामा सन् २०२० मा मुसे ज्वरोबाट संक्रमित ७० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ ।
    देशको मध्य–दक्षिण क्षेत्र रत्नपुरामा सबैभन्दा बढी बिरामीहरु भेटिएको पनि सरकारी तथ्याङ्कमा उल्लेख छ । एकाइका अनुसार बिरामीहरुको सङ्ख्यामा जनवरी, फेब्रुवरी र मेमा वृद्धि भएको देखिएको छ । यो वर्ष मुसे ज्वरोको संक्रमण रत्नपुरामा एक हजार ३ सयभन्दा बढी बिरामीहरूमा देखिएको छ भने कोलम्बोको बाहिरी भागमा पर्ने कलुतारामा २ सयन्दा बढी बिरामीहरु भेटिएका छन् । त्यस्तै दक्षिणी शहर ग्यालमा पनि २ सयभन्दा बढी व्यक्ति उक्त समस्याबाट पीडित भएका छन् ।
    सन् २०१९ मा पनि छ हजार २१ व्यक्ति मुसे ज्वरोको समस्याबाट पीडित बनेका थिए । खास गरी किसान, सरसफाईकर्मी र प्रदुशित पानीमा खेल्ने व्यक्ति उक्त ज्वरोका कारण बढी प्रभावित बनेका थिए । चिकित्सकहरूका अनुसार मुसे ज्वरो आएका विरामीहरूमा शरीरमा उच्च तापक्रम हुने, चिसो महशुस हुने, मांसपेशी दुख्ने र कमजोर हुने, टाउको दुख्ने पिसाब कम लाग्ने लक्षणहरू पाइने गर्छन् । यो समस्याबारे तत्काल चिकित्सकको परामर्श लिई उपचार सेवा नलिँदा ज्यानै जाने खतरा पनि हुने गर्छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology