Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन

मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०८० शुक्रवार • ०७:२४:२८ बजे
  • 1.0K
    SHARES
  • मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन

    भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन भएको छ । शुक्रबार बिहान उनको सामाजिक संजालमार्फत निधनको खबर सार्वजनिक भएको हो । उक्त पोस्टमा पुनमको मृत्यु भएको लेखिएको छ ।

    images

    पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको छ । भारतीय संचारमाध्यमले ३२ वर्षको उमेरमै उनको निधन भएको बताएका छन् । पूनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ ।

    पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पूनमलाई गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ । उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो ।

    शोकको यस समयमा हामी गोपनियता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं ।’

    पाण्डेको जन्म ११ मार्च १९९१ भारतको कानपुरमा भएको थियो । उनी मोडल र अभिनेत्री थिइन् । उनले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् ।

    टिभीको कुरा गर्दा उनले ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा भाग लिएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # ३२ वर्षको उमेरमै निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology