Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतले ‘साहेल’ एपमार्फत पार्ट-टाइम श्रम स्वीकृतिका लागि शुल्क तोक्यो

कुवेतले ‘साहेल’ एपमार्फत पार्ट-टाइम श्रम स्वीकृतिका लागि शुल्क तोक्यो

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ १९, २०८० शुक्रवार • १४:०१:३६ बजे
  • 1.8K
    SHARES
  • कुवेतले ‘साहेल’ एपमार्फत पार्ट-टाइम श्रम स्वीकृतिका लागि शुल्क तोक्यो

    कुवेत – कुवेतले ‘साहेल’ एपमार्फत पार्ट-टाइम श्रम स्वीकृतिका लागि शुल्क तोकेको छ । जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले साहेल एपमार्फत पार्ट-टाइम कार्य अनुमति प्राप्त गर्न सेवा सुरु गरेको अल-सेयसाह दैनिकमा समचार छ ।
     
    कुवेतमा श्रम बजारको माग अनुसार रोजगारदाताहरूको लागि जनशक्ति पूरा गर्न र जनसांख्यिकीय असंतुलनको समस्यालाई मध्यनजर गर्दै यहाँ कार्यरत रहेका कामदारहरूबाट लाभान्वित हुने प्रक्रियालाई सहज बनाउन, श्रम बजारलाई व्यवस्थितका लागि पार्ट-टाइम कामको अनुमति दिन लागिएको हो ।

    images

    पार्ट-टाइम कामका लागि अनुमति प्राप्त गर्न निम्न सर्त र शुल्कहरू लाग्ने छ । 
    १. अफूले काम गरिरहेको कम्पनीको रोजगारदाताबाट स्वीकृति लिन पर्ने । 
    2. अनुबंध क्षेत्र बाहेक बढीमा चार घण्टामात्र काम गर्न पाइने ।
    3. सम्बन्धित शुल्कको भुक्तानी - एक महिनाको लागि ५ केडी, तीन महिनाको लागि १० केडी, ६ महिनाको लागि २० केडी र एक वर्षको लागि ३० केडी शुल्क लाग्ने छ । 

    कुवेती नागरिकहरूलाई भने यी सर्तहरू र शुल्कहरूबाट छुट दिइएको छ । उनीहरूले प्रतिस्पर्धात्मकताको सुरक्षासम्बन्धी कानुनअनुसार मूल रोजगारदाताको स्वीकृति लिएर पार्टपार्ट-टाइम कामको लागि आवेदन दिन सक्छन् ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology