अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्थानीय समय अनुसार बिहीवार राति उनमा संक्रमण पुष्टि भएको हो।
ट्रम्पले आफु र आफ्नी पत्नी मेलानियालाई पनि संक्रमण भएको ट्वीटमार्फत जानकारी दिएका थिए। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना गरिएको छ।
उनलाई वाल्टर रिड नेसनल मेडिकल सेन्टर भर्ना गरिएको बीबीसीले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्र उनलाई अस्पताल भर्ना गरिएको हो ।
यसअघि शुक्रबार उनले ट्विट गर्दै आफू र आफ्नी पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए। सुरुवातामा चीनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले मास्क लगाउन अस्वीकार गरेपनि पछिल्ला दिनमा भने लगाउन राजी भएका थिए।
साथै उनले आफूहरू दुवै जना क्वारेन्टिनमा रहने बताएका थिए।