कुवेत - नेपाली कथानक चलचित्र “हात्तीछाप” यही फेब्रुअरी १५ बिहीबार देखि कुवेतमा प्रदर्शन हुने भएको छ । कुवेतको खेतानमा रहेको (O Zone Cinema) ओजोन सिनेमा हलमा चलचित्र प्रदर्शन हुने जानकारी कुवेतका लागि चलचित्र बितरक निरेम प्रोडक्सनले जानकारी दिएको छ ।
कुवेत साथै मध्य पुर्बका अन्य देश कतार, बहराइन, युएई र मलेसियामा पनि फेब्रुअरी १५ मा चलचित्र प्रदर्शन हुने छ। किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको उक्त फिल्ममा दयाहाङ राई , उपासनासिंह ठकुरी , सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय रहेकोछ ।
प्रदीप भारद्वाजको लेखन तथा सुशन प्रजापतिको छायांकन रहेको फिल्मले सुस्ताएको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।“हात्तीछाप” चलचित्रको मध्य पुर्व बितरकमा कन्सेप्ट भिजन र सुप्रिमी फिल्मस रहेको छ।
सिनेमाले लगभग ३ देखी ४ सो पाउने र केही दिनपछि सो टाईम बारे जानकारी गराउने निरेम प्रोडक्सनले जनाएको छ । यस भन्दा अगाडी निरेम प्रोडक्सनले कुवेतमा “पशुपती प्रसाद-२” र “दिमाग खराब” सिनेमा बक्स अफीसमा प्रर्दशन गरी सकेको छ ।