Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुटाकुटपछि एमाले धादिङ जिल्ला अधिवेशनमा केन्द्रको हस्तक्षेप

कुटाकुटपछि एमाले धादिङ जिल्ला अधिवेशनमा केन्द्रको हस्तक्षेप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०८० सोमवार • ०५:१२:२२ बजे
  • 622
    SHARES
  • कुटाकुटपछि एमाले धादिङ जिल्ला अधिवेशनमा केन्द्रको हस्तक्षेप

    नेकपा एमाले धादिङ जिल्ला कमिटीको नवौँ जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रले हस्तक्षेप गरेको छ ।

    images

    नेताहरूबिच गुटको विवाद चर्किँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षका नेताहरूलाई काठमाडौँ बोलाएर संगठन विभागको प्रत्यक्ष अनुगमनमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् । अध्यक्ष ओलीको निर्देशनसँगै रोकिएको अधिवेशनको बन्दसत्र मंलबारबाट सुरु हुने भएको छ ।

    नेकपा एमाले नवौँ जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले सोमबार बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र मंगलबारबाट सुरु हुने जानकारी दिए । यसअघि आइतबार अध्यक्ष देवकोटासहितका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

    छलफलमा अध्यक्ष ओलीले विवादका विषय निरूपण गरेर अधिवेशन सम्पन्न गर्न निर्देशन दिएपछि सोमबार दिनभर विवादका विषयमा नेताहरूबिच सहमति कायम गर्ने र मंगलबारबाट बन्दसत्र सुरु गर्ने बुझिएको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले धादिङ जिल्ला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology