Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जुकरबर्गले एक घण्टामै कमाउँछन् १ अर्ब २७ करोड

जुकरबर्गले एक घण्टामै कमाउँछन् १ अर्ब २७ करोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०८० मंगलवार • ०४:१७:२५ बजे
  • 835
    SHARES
  • जुकरबर्गले एक घण्टामै कमाउँछन् १ अर्ब २७ करोड

    एजेन्सी/ फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको मातृ कम्पनी मेटाका सिइओ मार्क जुकरबर्गको सम्पत्ति गत वर्ष सन् २०२३ मा ८४ अर्ब डलर अर्थात् १११ खर्ब रुपैयाँले बढेको छ ।

    images

    फोर्ब्सको रियल टाइम अर्बपतिको सूचिमा जुकरबर्ग हाल विश्वका पाँचौँ सर्वाधिक धनी व्यक्ति हुन् र उनको कूल सम्पत्ति १ खर्ब ३९ अर्ब १० करोड डलर छ ।

    बिजनेस इनसाइडरका अनुसार गत वर्ष बढेको ८४ अर्ब डलर सम्पत्तिको यदि घण्टाका आधारमा हिसाब गर्ने हो भने सन् २०२३ मा जुकरबर्गले हरेक घण्टा ९६ लाख डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँभन्दा धेरै कमाएका छन् । जस अनुसार उनको आम्दानी दैनिक २३ करोड ६लाख डलर अर्थात् साडे ३० अर्ब रुपैयाँ छ ।

    जबकि अमेरिकी परिवारहरुको औसत कूल सम्पत्ति नै १० लाख ६० हजार डलर रहेको छ । सन् २०२१ मा फेसबुकको ब्राण्ड परिवर्तन गरी मेटा बनाएका जुकरबर्गको उक्त कदमलाई मेटाभर्स तर्फको रणनीतिक कदम मानिएको थियो ।

    यो परिवर्तन केवल नाममात्रको परिवर्तन नभई कम्पनीको प्राथमिकतामा भएको परिवर्तन हो जसमा मेटाले अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटीमा ध्यान केन्द्रित गरेको छ । अर्थात् उक्त रिब्रान्डिङले फेसबुकलाई केवल एउटा सोसल मिडिया प्लाटफर्मको रुपमा मात्र सीमित नराखी यसलाई अन्तरआबद्ध डिजिटल संसारको सिर्जनातर्फ प्रवेश गरेको रुपमा बुझिएको छ ।

    विभिन्न चुनौतिहरुका बाबजुत सन् २०२३ मा मेटा कम्पनीको शेयर मूल्यमा पुनः वृद्धि भई झण्डै कीर्तिमानी विन्दुमा पुग्यो । कम्पनीको शेयर मूल्यमा भएको वृद्धिकै कारण जुकरबर्गको कूल सम्पत्तिमा उल्लेख्य बढोत्तरी भएको हो ।

  • सम्बन्धित विषय:

  • # जुकरबर्ग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology