Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

०८४ मा बहुमत ल्याउँछौं : ओली

०८४ मा बहुमत ल्याउँछौं : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०८० मंगलवार • ०४:२८:०१ बजे
  • 904
    SHARES
  • ०८४ मा बहुमत ल्याउँछौं : ओली

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् ।

    images

    सोमबार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने उद्देश्यका साथ अघि बढेको बताए । ‘यस्तो खालको गठबन्धन भत्काउने, ढाल्नेतिर केही होइन । हामी मिसन २०८४ भनेका छौं ।

    दिगो ढंगले हामी राजनीति गर्न चाहन्छौं । बहुमत ल्याएर सरकार बनाउन चाहन्छौं । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौं’ उनले भने । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनले जनताका लागि केही गर्न नसकेको बताए ।

    ‘यो गठबन्धन निकम्मा त हो नि । जनताका लागि केही गर्न नसक्ने यो गठबन्धन । अनि, छिमेकीहरु, मित्रहरुसँग भेटदा आँखा जुधाएर कुरा गर्न नसक्ने, देशको हितको पक्षमा कुरा बोल्न नसक्ने, टाउको निहु¥याएर हात मोलेर बस्ने यस्तो खालको गठबन्धन’, उनले भने ।

    सत्ता गठबन्धनभित्रका दलको आफ्नै स्वार्थ बाझिन थालेकाले यो कति दिन चल्छ भन्ने प्रश्न उठेको पनि ओलीले बताए । उनले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माण ठप्प भएको पनि टिप्पणी गरे ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology