Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एउटै गुलाबको मूल्य २ अर्ब रुपैयाँभन्दा बढी

एउटै गुलाबको मूल्य २ अर्ब रुपैयाँभन्दा बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०८० बुधवार • १२:२०:३७ बजे
  • 1.1K
    SHARES
  • एउटै गुलाबको मूल्य २ अर्ब रुपैयाँभन्दा बढी

    भ्यालेन्टाइन डे नजिकिँदैछ । आज रोज डे । रोज डेसँग भ्यालेन्टाइन विक सुरु भइसकेको छ । १४ फेब्रुअरीमा भ्यालेन्टाइन डेसँग सप्ताहव्यापी प्रेम उत्सव पनि सकिनेछ । यस दिन मानिसहरू आफ्ना पार्टनरलाई गुलाबको फूल दिन्छन् ।

    images

    आफूले मन पराएको व्यक्तिलाई गुलाबकै फुल दिएर प्रेम प्रस्ताव राख्छन् । यो दिन माग धेरै हुने भएकोले यसै पनि गुलाबको फूल महँगो हुन्छ । हालैका वर्षहरूमा गुलाबको फूलको भाउ बढ्दै गइरहेको छ । तर संसारमा यस्तो पनि गुलाबको फूल छ जसको मूल्य सुनेर तपाईँको होसहवास उड्नेछ ।

    यो गुलाबको फूललाई के भनिन्छ तपाईँलाई थाहा छ ? संसारभर गुलाबका अनेकौँ प्रजाति पाइन्छ । तर जुलियट रोज यस्तो प्रजाति हो जसको सुगन्धभन्दा पनि धेरै मूल्यको चर्चा संसारभर धेरै हुने गरेको छ । यो गुलाफ फूललाई तिरिने पैसाले दर्जनौँ घर वा कयौँ थान मर्सिडिज, अडी वा बीएमडब्ल्यू कार नै किन्न सकिन्छ । संसारका अति धनाढ्यहरुले समेत यो फूल किन्नुअघि एक पटक त पक्कै सोचविचार गर्छन् होला ।

    यो फूलको विशेषता के हो ? यो किन यति महँगो हुन्छ । आज रोज डेको दिनमा यसैबारे चर्चा गरौँ । यो फूलको मूल्य अहिलेको समयमा २ अर्ब ८ करोड नेपाली रुपैयाँ हाराहारी पर्दछ । जुलियट रोजबारे पहिलो पटक विश्वलाई सन् २००६ मा थाहा भएको हो । चर्चित रोज ब्रीडर डेभिड अस्टिनले यो फुलको प्रजातिको विकास गरेका थिए । डेभिडले कयौँ प्रजातिका गुलाबलाई मिलाएर यो गुलाबको बोट बनाएका थिए ।

    त्यति बेला उनले यो गुलाबलाई ९० करोड भारु (१ अर्ब ४४ करोड नेरू)मा बेचेका थिए । यो फुलमा त्यस्तो के हुन्छ र यो यति महँगो हुन्छ ? यो गुलाबलाई उमार्न उनले १५ वर्षको समय र ५० लाख डलर (६ करोड ६६ लाख नेरू) खर्च गरेका थिए । डेभिड अस्टिनको वेबसाइटका अनुसार यो गुलाबको वासना चियाको मन्द वासनाको जस्तै हुन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology