Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाकिस्तान चुनाव : इमरान खानको पार्टी पीटीआई अगाडि

पाकिस्तान चुनाव : इमरान खानको पार्टी पीटीआई अगाडि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०८० शुक्रवार • ०५:४३:०५ बजे
  • 1.1K
    SHARES
  • पाकिस्तान चुनाव :  इमरान खानको पार्टी पीटीआई अगाडि

    पाकिस्तानमा बिहीबार भएको आम निर्वाचनको मत गणना जारी छ । सुरुवाती रुझानमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु सबैभन्दा अगाडि छन् ।

    images

    पाकिस्तानका मिडियाहरुका अनुसार १२० सिटमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरु अगाडि छन् । पीटीआईका अध्यक्ष गौहर रजाले भने आफूहरु १५० भन्दा बढी सिटमा अगाडि रहेको दाबी गर्दै पहिलो पटक जेलमा रहेको एक कैदी (इमरान खान) देशको प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

    पाकिस्तानको नेशनल एसेम्लीमा कुल ३३६ सिटमध्ये २६५ सिटमा बिहीबार निर्वाचन भएको थियो । बाँकी सिट आरक्षित छन् । सरकार बनाउनका लागि १६९ सिट जित्नुपर्दछ । वर्तमान सरकारले पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार आरोपमा १४ वर्ष जेल सुनाउँदै उनको पार्टी पीटीआईलाई निर्वाचन लड्न समेत प्रतिबन्ध लगाएको थियो ।

    त्यसपछि पीटीआई समर्थित उम्मेदवारहरु स्वतन्त्र रुपमा चुनाव लडेका थिए । सरकारले पक्रेर जेलमा हालेका कतिपय उम्मेदवाररु जेलबाटै चुनाव लडेका छन् । सबैभन्दा धेरै सिटमा अग्रता देखिएपछि उत्साहित भएका पीटीआईका कार्यकर्ताहरुले ठाउँठाउँमा खुसियाली जुलुस निकालेका छन् ।

    पीटीआईको सुरुवाती अग्रतालाई अप्रत्यासित मानिएको छ । किनभने इमरान खान जेलमा भएको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न प्रतिबन्ध लगाइएकाले नवाज शरीफ नेतृत्वको पार्टीले धेरै स्थानमा चुनाव जित्ने प्रक्षेपणहरु सार्वजनिक भएका थिए । तर मत गणनाको सुरुवाती चरणमा शरीफको पार्टी दोस्रो र बिलावल भुट्टोको पार्टी तेस्रो स्थानमा छन् ।

    इमरान खान नेतृत्वको पार्टीका स्वतन्त्र उम्मेदवारहरु अग्रस्थानमा रहेपछि मत परिणाम सार्वजनिक गर्न ढिलाइ गरिरहेको आरोप निर्वाचन आयोगलाई लागेको द डनको अनलाइन संस्करणमा उल्लेख छ । विद्युतीय मेसिनबाट मतदानबाट गरिएकाले सबै निर्वाचन परिणाम आजै सार्वजनिक हुने अनुमान छ ।

  • सम्बन्धित विषय:

  • # पाकिस्तान चुनाव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology