Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानमा नवाजको नेतृत्वमा सरकार बनाउने गृहकार्य, इमरानको पार्टी आन्दोलनमा

पाकिस्तानमा नवाजको नेतृत्वमा सरकार बनाउने गृहकार्य, इमरानको पार्टी आन्दोलनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०८० आइतवार • ०५:४२:५८ बजे
  • 766
    SHARES
  • पाकिस्तानमा नवाजको नेतृत्वमा सरकार बनाउने गृहकार्य, इमरानको पार्टी आन्दोलनमा

    पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार आम निर्वाचनमा एकल बहुमत ल्याउन दलहरु असफल भएका छन् । यसअनुसार अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का भएको छ । यो निर्वाचनबाट इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले भने सबैभन्दा धेरै सिट जितेको छ ।

    images

    पाकिस्तानका मिडियाहरुका अनुसार पीटीआईले ९२ सिट जितेको छ । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका नवाज शरीफको पार्टी (पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले ७३ र बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ५४ सिट जितेको छ । पाकिस्तानको नेशनल एसेम्बलीमा कूल ३३६ सिट छन् । २६५ सिटका लागि बिहीबार निर्वाचन भएको थियो । ७० सिट आरक्षण तोकिएको छ । एक सिटको चुनाव स्थगित गरिएको थियो ।

    स्थगित भएको स्थानमा आगामी १५ फेब्रुअरीमा मतदान हुनेछ । सरकार बनाउन १३४ सिट जित्नुपर्नेमा कसैले पनि एकल बहुमत पुर्‍याउन नसकेपछि मिलिजुली सरकार बनाउने तयारी सुरु भइसकेको छ । यसअघि तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफले गठबन्धन सरकार बनाउन आह्वान गरिसकेका छन् । शरीफको पार्टी पीएमएल-एन र भुट्टोको पार्टी पीपीपीका नेताहरुबीच शनिबार इस्लामावादमा बैठक समेत भएको थियो ।

    नवाज शरीफका भाइ एवम् पूर्वप्रधानमन्त्री शहबाज शरीफले बिलावल भुट्टो र उनका बुवासँग छलफल गरेका थिए । यसअघि पीपीपी नेता एवम् पूर्वविदेशमन्त्री बिलावल भुट्टोले जिओ न्यूजसँग कुरा गर्दै आफूहरुको साथविना पाकिस्तानमा सरकार बन्न सम्भव नभएको बताएका थिए । शरीफले शरीफले मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) लगायत साना दललाई समेटेर सरकार गठनको प्रयास जारी राखेका छन् । यीमध्ये एमक्यूएमले १७ सिट जितेको छ । सो पार्टीका नेताहरु शरीफलाई भेट्न इस्लामावाद गएको पाकिस्तानका मिडियाहरुले उल्लेख गरेका छन् ।

    यसबाहेक आईपीपी, जेयूआई र केही स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाउने गृहकार्य पनि शरीफले गरेका छन् । शनिबारसम्म तीन जना स्वतन्त्र सांसदले शरीफको पार्टीमा सामेल भएको घोषणा गरिसकेका छन् । धेरैको अनुमान पाकिस्तानको आम निर्वाचनमा इमरान खानको पार्टी हार्छ र नवाज शरीफको पार्टीले बहुमत ल्याउँछ भन्ने थियो । किनभने इमरान खान सहितका वरिष्ठ नेताहरुलाई सैनिक समर्थित सरकारले भ्रष्टाचार आरोपमा १४ वर्षका लागि जेलमा राखेको छ ।

    उनको पार्टी पीटीआईलाई चुनाव लड्नसमेत प्रतिबन्ध लगाइएको छ । तर स्वतन्त्र उम्मेदवारी दिएका इमरान खानका नेता कार्यकर्ताहरुले नै सबैभन्दा धेरै सिट जितेर निर्वाचन सर्वेक्षण फेल बनाइदिएका छन् । दोस्रो स्थानमा रहेको नवाज शरीफको पार्टी पीएमएल-एनले मिलिजुली सरकार बनाउने तयारी जारी राखेको बेला इमरान खान नेतृत्वको पीटीआई भने आन्दोलनमा होमिएको छ । आफूहरुले बहुमत सिट जिते पनि मतगणनामा धाँधली गरेर हराइएको भन्दै पीटीआई आन्दोलनमा होमिएको हो । पीटीआई कार्यकर्ताहरुले लाहोर, फैसलाबाद, रावलपिण्डी, मुल्तान, बहाववलपुर, डेरा गाजी खान र गुजरावालामा विरोध प्रदर्शन सुरु गरिसकेका छन् ।

    उनीहरुले आइतबार दिउँसो २ बजे लाहोरको लिबर्टी चोकमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन् । पीटीआईले जनादेश लुट्नेहरुविरुद्ध पूरै दक्षिणी पञ्जाबमा शान्तिपूर्ण प्रदर्शन गर्ने एक्समा लेखेको छ । मतदान सम्पन्न भएको चार दिन भइसक्दा पनि सबै क्षेत्रको मत परिणाम आइसकेको छैन । २६५ सिटमध्ये २५७ सिटको मात्र नतिजा सार्वजनिक भएको छ ।

    अब परिणाम आउन बाँकी बलुचिस्तान क्षेत्रका सिटको हो । धाँधली गर्दै मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरिएको भन्दै इमरान खान नेतृत्वको पीटीआईका कार्यकर्ताहरुले मतगणना स्थल बाहिर विरोध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु समेत भएको छ ।

  • सम्बन्धित विषय:

  • # इमरानको पार्टी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology