Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जुत्ता प्रहारको विषय: दुर्गेशले किन लगाए पल शाहलाई दोष ?

जुत्ता प्रहारको विषय: दुर्गेशले किन लगाए पल शाहलाई दोष ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०८० मंगलवार • ०५:००:३३ बजे
  • 3.8K
    SHARES
  • जुत्ता प्रहारको विषय: दुर्गेशले किन लगाए पल शाहलाई दोष ?

    गायक दुर्गेश थापाले आफूमाथि स्टेजमै जुत्ता प्रहार हुनुको दोष अभिनेता पल शाहमाथि थोपारेका छन् ।

    images

    उनले रातोपाटीसँग कुरा गर्दै पल शाहको गल्तीको परिणाम आफूले भोग्नु परेको दाबी गरे । ‘पल शाहको काण्डको कारण ममाथि जुत्ता प्रहार भएको हो । पलको विषयमा म दोषी छैन’, दुर्गेशले भने, ‘त्यही कुरा पलबाट क्लियर गराउन खोजेको छु ।

    पल शाह मसँग भागेर हिँडेका छन् ।’ आफूले फसाएको हो वा होइन भनेर मिडियाको अगाडि सँगै भनौँ भन्दा पल भागेर हिँडेको दुर्गेशको आरोप छ , ‘मलाई दुर्गेशले फसायो भनेर पलले भनेका छन् ।

    त्यो कुरो मिडियाको अगाडि फेस गरेर भनौँ भन्दा डराउँछन्’, दुर्गेशले थपे, ‘मसँग पनि भागेर हिँडेको छ । ऊ झुटो होइन र डर छैन भने मसँग किन भाग्नु पर्‍यो ?’ कार्यक्रममा समेत दुर्गेश छ कि छैन यकिन गरेर मात्र पल सहभागी हुने गरेको उनको दाबी छ । ‘मैले फसाएको भनेर बाहिर आएको यतिका समय भयो ।

    मलाई किन मुद्दा हाल्न सक्दैन ? भागेर हिँड्छ त ?’, दुर्गेशले थपे, ‘पक्राउ पर्नु अगाडि ४ दिन लुकेर हाम्रो क्यारिकेचर गरेर अडियो सार्वजनिक गरेको हो ।’

    दुर्गेशमाथि शनिवार स्याङ्जामा आयोजित वालिङ महोत्सवमा प्रस्तुति दिने क्रममा एक युवकले जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहारले आफ्नो सांगीतिका यात्रामा कुनै विचलन नआउने समेत दुर्गेशले स्पष्ट पारे ।

  • सम्बन्धित विषय:

  • # जुत्ता प्रहारको विषय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology