नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको छ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमति अनुसार आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको थियो ।
आज बिहान महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई भोलि दिउँसो ४ बजे बैठक बस्ने भन्दै म्यासेज गरेका छन् ।