Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घोडा चोरेर अपार्टमेन्टमा लुकाउन खोजेपछि‍‍...

घोडा चोरेर अपार्टमेन्टमा लुकाउन खोजेपछि‍‍...

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०८० मंगलवार • ०५:१७:१८ बजे
  • 3.0K
    SHARES
  • घोडा चोरेर अपार्टमेन्टमा लुकाउन खोजेपछि‍‍...

    हामीले दिनहुँ अचम्म अचम्मको चोरीका घटनाहरूबारे सुनिरहेका छौँ । पोल्यान्डमा एक जना १९ वर्षीय पुरुषले घोडा चोरे ।

    images

    चोरेको घोडा कहाँ लुकाउनु ? मालिकले देखे भने लगिहाल्छन् नि भनेर आफू बस्दै आएका आवासीय भवनको तेस्रो तलास्थित अपार्टमेन्टमा लुकाउन खोजे ।

    अपार्टमेन्टको माथिल्लो तलामा एक युवकले घोडालाई लैजान खोजे पछि उक्त भवनमा हल्ला खल्ला मच्चियो । एक जनाले त प्रहरीलाई आकस्मिक फोन नै गरिदिए ।

    सुरुमा त्यस भवनका बासिन्दाहरूले यो एउटा प्र्याङ्क होला भन्ने सोचेका थिए । तर मामिला गम्भीर थियो । वयस्क घोडालाई जर्बजस्ती ती युवक भर्याङ्ग उकाल्दै थिए ।

    यो घटनाको छानबिन गर्न प्रहरीले मन नलागी नलागी एउटा टोली पठाइदियो । घटनास्थलमा पुग्दा आफूलाई रोक्न खोजिरहेका छिमेकीहरूसँग ती युवक रिसाइरहेको भेटियो । छानबिनका क्रममा ती युवकले घोडा चोरेर लुकाउन ल्याएको पाइयो । युवकको अपार्टमेन्ट २ बेडरुमको थियो ।

    त्यस्तो ठाउँमा घोडा कसरी राख्छु भन्ने सोचेको होला ? घोडाको मूल्य ३ हजार ८०० डलर (५ लाख नेपाली रुपैयाँ) आसपास भएको प्रहरीको अनुमान छ ।

    प्रहरीहरूले घोडा त्यसकै मालिकलाई जिम्मा लगाइदिएका थिए । घोडा चोरेर अपार्टमेन्टमा लुकाउन खोज्ने ‘जिनियस’माथि चोरीको अभियोग लगाइएको छ । उनले ५ वर्षसम्मको जेल सजाय पाउनेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology