Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०८० बिहिवार • ०५:३५:५१ बजे
  • 757
    SHARES
  • गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४

    इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार आक्रमणवाट ११० जना घाइते भएका छन् । इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हालसम्म प्यालेस्टिनी घाइतेहरूको कुल सङ्ख्या ७० हजार ३२५ पुगेको छ ।

    केही पीडितहरू अझै भग्नावशेषमुनि रहेको अनुमान छ । बुधबार इजरायली मिडिया आउटलेटले गाजा पट्टीको लडाइँमा दुई अधिकृतको मृत्यु भएको र ७ जना सैनिकहरू घाइते भएको बताइएको छ ।

    योसँगै मृत्यु हुने सैनिकको सङ्ख्या ५८२ पुगेको छ । इजरायली सेनाले सुरुङहरू र हमासका अन्य पूर्वाधारहरू ध्वस्त पारेको, ‘आतङ्कवादी कक्षहरू’ नष्ट गरेको र ठूलो मात्रामा हतियारहरू कब्जा गरेको बताएको छ।

    इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले गाजामा युद्धको लक्ष्य अक्टोबर ७ को आक्रमण फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्ने रहेको र त्यसका लागि समय लाग्ने बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology