Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढे,फेब्रुअरीमा भित्रिए ९७ हजार

नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढे,फेब्रुअरीमा भित्रिए ९७ हजार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०८० शनिवार • ०५:४६:०१ बजे
  • 4.2K
    SHARES
  • नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढे,फेब्रुअरीमा भित्रिए ९७ हजार

    नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढेका छन् । हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् ।

    images

    नेपाल पर्यटन बोर्डका अनुसार २०२३ फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । फेब्रुअरीमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् ।

    भारतबाट २५ हजार ५ सय ७८ जना पर्यटक आएका छन् । यो गत महिनाको २६.३ प्रतिशत हिस्सा हो । चीनबाट ९ हजार १ सय ८० आएका छन् । त्यसैगरी प्रमुख पर्यटन बजार अमेरिकाबाट गत महिना ९ हजार ८९ र बेलायतबाट ४ हजार ५ सय ७१ पर्यटक आएका छन् ।

    त्यस्तै थाइल्यान्डबाट ४ हजार ७ सय ९९, बंगलादेश ४ हजार ९९, श्रीलंका ३ हजार ६ सय ८४, अस्ट्रेलिया २ हजार ९ सय ७६, म्यानमार २ हजार ९ सय २१ र जर्मनीबाट २ हजार ४ सय ९४ आएका थिए । गत फेब्रुअरीमा ८८ हजार १ सय ४६ पर्यटक नेपालबाट बाहिरिएका थिए ।

    बोर्डका अनुसार २०२२, २०२१, २०२० र २०१९ फेब्रुअरीमा क्रमशः १६ हजार ९ सय ७५, ८ हजार ८ सय ७४, ९ हजार २ सय ६६ र १ लाख २ हजार ४ सय २३ पर्यटक आएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology