Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७७ सोमवार • १९:५५:०२ बजे
  • 2.3K
    SHARES
  • इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इराकको बग्दादमा भएको ड्रोन हमलामामारिएका आफ्ना सैन्य कमाण्डरको हत्या आरोपमा ट्रम्पसहित दर्जन बढीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको अन्तराष्ट्रियसञ्चारमाध्यमहरूले जनाएका छन् ।

    images

    तेहरानका अभियोजक अली अलकासिमेहरले कुद्स फोर्सका प्रमुख कासिमको हत्यामा सोमबार ट्रम्पसहित झण्डै ३० जना संलग्न रहेकोआरोप सहित पक्राउ पुर्जी जारी गरिएको पुष्टि गरे । ट्रम्पकोबाहेक अरूको नाम भने सार्वजनिक गरिएको छैन । अलकासिमेहरले ट्रम्पपदमा रहे पनि नरहे पनि उनीविरुद्धको मुद्दा चलिरहने स्पष्ट पारेको इरानको अर्धसरकारी समाचार एजेन्सी आइएसएनएलाई उद्धृत गर्दैअलजजिराले जनाएको छ ।

    गत पुषको दोस्रो साता इराकमा भएको अमेरिकी ड्रोन हमलामा इरानी कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीको ज्यान गएको थियो ।

    त्यतिबेला अमेरिकी रक्षा विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सोलमानी हत्या गरिएको जनाएको थियो । रक्षा विभागलेसोलेमानीलाई आतंकवादी घोषणा गरेको थियो । विदेशस्थित अमेरिकी सेना माथिको विभिन्न हमलामा सोलेमानीको हात रहेको ठहरगर्दै पुष दोस्रो साता उनलाई सैन्य कारबाहीको क्रममा हत्या गरिएको विरोधमा इरानले ट्रम्पलाई पक्राउ पुर्जी जारी गरेको हो ।

    हवाई आक्रमणमा परेर हिजबुल्लाका कमाण्डर अबु महदी अल मुहादिस समेत मारिएका थिए ।

    स्रोत अनलाईन खबर

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology