Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कुवेतमा मार्च १४ देखि नेपाली कथानक चलचित्र ‘अगस्त्य’ प्रदर्शन हुने

कुवेतमा मार्च १४ देखि नेपाली कथानक चलचित्र ‘अगस्त्य’ प्रदर्शन हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

फाल्गुण २२, २०८० मंगलवार • १२:३३:०७ बजे
  • 1.2K
    SHARES
  • कुवेतमा मार्च १४ देखि नेपाली कथानक चलचित्र ‘अगस्त्य’ प्रदर्शन हुने

    नेपाली कथानक चलचित्र ‘अगस्त्य’ कुवेतमा मार्च १४ बाट प्रदर्शन हुने भएको छ ।  

    images

    कुवेतमा मार्च ७ तारिखवाट चलचित्रलाई प्रदर्शन गर्ने गरि तयारी गरिएको भएपनि प्राबिधीक कारणवश प्रदर्शन मिति सर्न गएको  निरेम प्रोडक्सनका प्रेम कुमार जिमिले जानकारी दिएका छन ।

    विदेशमा २ सय भन्दा बढी शो हुन लागेको चलचित्र अगस्त्यको मध्येपूर्वको प्रदर्शन अधिकार सेभेन सिस कम्पनी अन्तरग रहेको छ । कुवेतका लागि सेभेन सिसको सहकार्यमा निरेम प्रोडक्सनले नेपाली चलचित्रहरु प्रदर्शन गर्दै आइरहेको छ । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको छ ।

    फिल्म निर्माण कम्पनी डार्क हर्स इन्टरटेनमेन्टका अनुसार अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा फिल्म रिलिज हुने जनाइएको छ । प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचन निर्माता रहेको फिल्मको छायांकार सञ्जय लामा हुन् ।

    दुई च्याप्टरमा बन्ने ‘अगस्त्य’ को दुवै श्रृंखलाको कथा निर्देशक चौधरीले लेखेका हुन् ।
चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो । चलचित्रले नेपाली बक्स अफिसमा राम्रै चर्चा कमाइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology