Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादीको कांग्रेसलाई प्रश्न : राष्ट्रपति निर्वाचनमा प्रचण्डले लगाएको गुन बिर्सनुभयो ?

माओवादीको कांग्रेसलाई प्रश्न : राष्ट्रपति निर्वाचनमा प्रचण्डले लगाएको गुन बिर्सनुभयो ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०८० बिहिवार • १४:१७:२१ बजे
  • 1.1K
    SHARES
  • माओवादीको कांग्रेसलाई प्रश्न : राष्ट्रपति निर्वाचनमा प्रचण्डले लगाएको गुन बिर्सनुभयो ?

    नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदम र अभिव्यक्तिका कारण आतंकित नहुन आग्रह गरेको छ ।

    images

    नयाँ सत्ता समीकरण बनाएपछि कांग्रेसले प्रचण्डलाई राजनीतिक बेइमानको संज्ञा दिएको छ । साथै, आफू बाचुन्जेल मुलुकमा उथलपुथल भइरहेको भनी प्रचण्डले दिएका अभिव्यक्तिको पनि जवाफ मागेको छ ।

    यस सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य देवेन्द्र दाहालले प्रधानमन्त्रीको कदम र अभिव्यक्तिका कारण आतंकित नहुन आग्रह गरेका हुन् ।

    १० पुस २०७९ मा एमालेसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेसको नेतालाई राष्ट्रपति बनाउन खेलेको भुमिका नभुल्न कांग्रेसलाई उनका सुझाव छ ।

    ‘म स्मरण गराउन चाहन्छु राष्ट्रपतिको निर्वाचनको बेलामा थिए होला नि प्रधानमन्त्रीलाई अर्कै प्रस्ताव । राष्ट्रपतिमा मिलेर गरौं भनेर अहिलेका बहालवाला प्रधानमन्त्रीले गर्नुभएको कोशिश बिर्सनुभयो ?’ सांसद पौडेलले प्रश्न गरे ।

    त्यतिबेला प्रधानमन्त्री प्रचण्डसँग अरु पनि विकल्प रहेको भन्दै पौडेलले कांग्रेसलाई गरेको गुन नबिर्सिन आग्रह गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology